नेपालबाट यस्ताे देखियाे सूर्यग्रहण (हेर्नुस् तस्बिरमा)

 असार ७, २०७७ आइतबार १६:३४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आषाढ कृष्ण औँसीका दिन आज खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लागेकाे छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्‍याे । 

मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहण सकिएकाे समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिएकाे थियाे । यस वर्ष नेपालबाट सूर्यग्रहण आजको मात्र रहेको समितिले जनाएको छ ।

वैज्ञानिक मूल्य मान्यता अनुसार सुरक्षित तरिकाले सबैले ग्रहण हेर्न सकिने पनि नेपाल एस्ट्राेनाेमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।

आजको सूर्यग्रहण विश्वका केही भागबाट पूरै ढाके पनि नेपालबाट भने आधा ढाक्ने अर्थात् खण्डग्रास मात्र देखिएकाे छ । नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रबाट भने ९८ प्रतिशतसम्म सूर्य ढाकेको देखिएकाे थियाे । 

कञ्चनपुरको महाकाली नदी किनारबाट आइबार देखिएको सूर्यग्रहण ।

काठमाण्डाैकाे स्वयम्भूबाट आइतबार १२ः४५ मा देखिएको सूर्यग्रहण ।

काठमाण्डाैकाे स्वयम्भूबाट ग्रहण लागेको सूर्यलाई नियाल्दै बालबालिका ।

भक्तपुरको मध्यपुर थिमिबाट आइतबार बिहान ११ः४० मा देखिएको सूर्यग्रहण ।

भक्तपुरको मध्यपुर थिमिबाट आइतबार बिहान ११ः१५ मा देखिएको सूर्यग्रहण ।

भक्तपुरको मध्यपुर थिमिबाट आइतबार बिहान ११ः२५ मा देखिएको सूर्यग्रहण ।

तस्बिर : रासस

अन्तिम अपडेट: फागुन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया