‘कोरोनादेवीको आविष्कार भएको छैन, भ्रमको पछि लाग्दा झनै फैलने खतरा छ’

 असार ७, २०७७ आइतबार १६:५९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देवी देवताको पूजाआजा गरेर कोरोना निको हुने भ्रम फैलाइएकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले विभिन्न ठाउँमा महिलाहरुले कोरोनादेवी र कोरोना मैयाको पूजा गरेको जानकारीमा आएको भन्दै त्यसो नगर्न आग्रह गर्नुभएको हो ।

कोरोना फैलनुअघि कहिले पनि कोरोनादेवीको नाम नसुनिएको र अहिले नयाँ देवीको आविष्कार भएको भन्ने भ्रमकाे आधारमा नदी किनारमा भेला भएर र विभिन्न धार्मिक समारोह आयोजना गरेर पूजा आज भइरहेकोमा त्यसरी कोरोना निको नहुने गौतमले बताउनुभयो । 

भगवान मानिससँग क्रोधित भएको कारणले यो महामारी भएको र भगवानलाई खुसी पारेमा मात्रै भाइरस हराएर जान्छ भन्ने विश्वासका साथ पूजाआजा र समारोह गरिएको भन्ने थाहा हुन आएको भन्दै प्रवक्ता गौतमले यस्ता अन्धविश्वासले झनै समस्या बढ्ने बताउनुभयो ।

सरकारले मानिस जम्मा हुन प्रतिबन्ध लगाएको अवस्थामा देवी देवताले कोरोना भगाउँछन् भन्दै जमघट हुँदा झनै कोरोना फैलने डर बढेको उहाँको भनाइ छ ।  

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया