आज काेराेना पुष्टि भएका ४२१ जना कहाँका हुन् ?

 असार ७, २०७७ आइतबार १८:२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या नाै हजार नाघेकाे छ । पछिल्लो २४ घण्टामा चार सय २१ जना थपिएसँगै कोरोना सङ्क्रमण पुष्टि हुनेको कुल सङ्ख्या नाै हजार २६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

विभिन्न प्रयोगशालामा भएका परीक्षणमा अर्घाखाँचीका ७४ जनामा काेराेना पुष्टि भएको छ । कोशी अस्पतालमा झापाका ६ जना र उदयपुरका पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ । विराटनगरमा मोरङका दुई जना र सुनसरीका चार जना सङ्क्रमित थपिएका छन् । 

जनकपुरमा भएको परीक्षणमा धनुषाका आठ जना, महोत्तरी र सप्तरीका दुई/दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जमा भएको परीक्षणमा बाराका तीन जनामा काेराेना सङ्क्रमण देखिएकाे छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा भएको परीक्षणमा डडेल्धुराका १४ जना, डोटीका १६, गुल्मीका पाँच, कैलालीका तीन, कपिलवस्तुका ११, नवलपरासी पश्चिमका १६ र रामेछाप, रुपन्देही र नुवाकोटका एक/एक जनामा काेराेना सङ्क्रमण भेटिएको छ । यस्तै प्युठानका २०, सर्लाहीका ५ र सिरहाका ५२ जनामा काेराेना पुष्टि भएको छ ।

यस्तै शुक्रराज अस्पतालमा ललितपुरका एक र पाल्पाका दुई जनामा सङ्क्रमण देखिएकाे छ । पोखरामा भएको परीक्षणमा बाग्लुङका २३ जना, कास्की र मुस्ताङका एक/एक जना, स्याङ्जाका १० जना, म्याग्दीका चार जना, नवलपरासी पूर्व र पर्वतका दुई/दुई जना र तनहुँका चार जनामा कोरोना देखिएको छ ।

त्यस्तै रुपन्देहीमा भएको परीक्षणमा गुल्मी र पाल्पाका दुई/दुई जना, कपिल​वस्तुका १४, नवलपरासी पश्चिम र रुपन्देही पश्चिमका एक/एक जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा बाँकेका एक जना, बर्दियाका तीन जना र रोल्पाका तीन जनामा सङ्क्रमण देखिएकाे छ ।

दाङमा भएको परीक्षणमा दाङका १० जना र रोल्पाका एक जनामा सङ्क्रमण पुष्टि भएकाे छ । सुर्खेतमा दैलेखका एक जना, सल्यानका ६ र सुर्खेतका दुई जनामा कोरोना भेटिएको छ । सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा अछामका दुई जना, बैतडीका दुई जना, बझाङका दुई जना, डडेल्धुराका २७ जना, डोटीका ११ जना, कैलालीका २४ र कञ्चनपुरका एक जनामा काेराेना पुष्टि भएको छ । 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया