बेलायतका शीर्ष वैज्ञानिकले क्वरेण्टीन नियम 'बेकार' भएकाे बताए

 असार ७, २०७७ आइतबार १९:३४:४४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – बेलायतका शीर्ष वैज्ञानिकहरुमध्ये एक वैज्ञानिकले बेलायतमा क्वरेण्टीनको लागि अपनाइएको नियम 'पूर्णतया बेकार' भएको बताएका छन् ।

लण्डन स्कुल अफ् हाइजिन एण्ड ट्रपिकल मेडिसिनका प्रोफेसर पिटर पाएटले बाहिरबाट आउने व्यक्तिहरुलाई १४ दिन क्वरेण्टीनमा राख्दै आएकाे नियमलाई बेलायतले तुरुन्त छोड्नपर्ने बताएका हुन् ।

इबोला र एचआईभीको लागि आफ्नो कामबाट पूरै विश्वमा चर्चित भएका वैज्ञानिकले क्वरेण्टीनको नियम यो महामारीको सुरुवातमा प्रभावकारी भएको बताए, जुन बेला सङ्क्रमणको दर निकै कम थियो । यी नियमलाई जुन महिनाको अन्त्यतिर पुनर्विचार गरिने बताए । 

अहिलेको सोसल डिस्टेन्सिङको लागि दुई मिटरको दुरीको नियमले मानिसहरुलाई सुरक्षाको गलत धारणा दिएको उनले बताए । साथै उनले सार्वजनिक स्थानमा मास्क लगाउन अनिवार्य गर्दा त्यो अझै प्रभावकारी हुने बताए । 

प्रो. पाएटले प्रधानमन्त्री बोरिस जोनसनले नीतिमा सहयोग गर्नको एक कोभिड विशेष व्यक्तिको नियुक्ति गर्नुपर्नेमा जोड दिएका छन् ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया