ओखलढुंगामा पहिलो पटक एक जनामा कोरोना सङ्क्रमण

 असार ८, २०७७ सोमबार ६:५०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

ओखलढुंगा – ओखलढुंगाको लिखु गाउँपपालिकाका एक जनामा पहिलोपटक कोरोना पोजेटिभ देखिएको छ । भारतबाट लिखु गाउँपालिकामा आएका २८ वर्षीय युवामा कोरोना पुष्टि भएको हो । पीसीआर परीक्षण गर्दा ती युवाको पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले बताउनुभयो । आइतबार पीसीआर रिपोर्ट आएका ६ मध्ये एकजनाको पोजेटिभ रिपोर्ट आएको हो ।
कोरोना पोजेटिभ देखिएका युवा  क्वारेन्टाइनमा रहनुभएको छ । उहाँको अवस्था सामान्य रहेको  छ । जिल्ला स्वास्थ्य प्रमुख तिवारीका अनुसार उहाँलाई छुट्टै कोठामा राखिएको छ । भारतको गोरखपुरबाट आउनुभएका ती युवालाई सीधै क्वारेन्टाइनमा राखिएको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया