गण्डकी प्रदेशमा थप २० जना सङ्क्रमित थपिए

 असार ८, २०७७ सोमबार ७:४८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

स्याङ्जा – गण्डकी प्रदेशमा  २० जना सङ्क्रमित थपिएका छन् । दुई महिलासहित १९ पुरुष थपिएका हुन् ।  यो सँगै गण्डकीमा सङ्क्रमितको संख्या ५४० पुगेको छ । नयाँ थपिनेमा स्याङ्जाका १२ जना र  नवलपरासी पूूर्वका ८ जना रहेका छन् । 

स्याङ्जाको अर्जुनचौपारीका ७ वर्षका ३ बालक सहित १६, ३०, ३१, ३० र ३८ वर्षका पुरुष र ६ वर्षकी बालिका सहित ५० वर्षकी एक महिला रहेकी छन् । त्यस्तै कालीगण्डकी गाउँपालिकाका १४ र ४८ वर्षका पुरुष रहेका छन्  । 
यस्तै नवलपरासी पूर्वका बौदीकाली गाउँपालिकाका ८ जना पुरुष रहेका छन् । 

उनीहरु सबै भारतबाट आई क्वरेण्टीनमा बसिररहेका प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डाक्टर बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका ५४० जना सङ्क्रमितमध्ये ५५ जना निको भएर घर फर्किएका छन् ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया