बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – सरकारले लकडाउन खुकुलो पारे पनि सार्वजनिक तथा भाडाका गाडी चलाउन नदिएपछि सडकमा अटेर गरी गाडी चलाउने क्रम बढेको छ ।
भाडाका ट्याक्सी र मोटरसाइकलमा दुई जना चढ्नेहरु बढेका छन् । सरकारले गएको जेठ ३२ देखि लकडाउन खुकुलो पारेको हो । तर सार्वजनिक गाडी सहित भाडाका ट्याक्सी चलाउन र मोटरसाइकलमा दुई जना चढ्न अनुमति दिएको छैन । असार १ गतेपछि हिजोसम्म झण्डै १ हजार भाडाका ट्याक्सी कारबाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ ।
भाडाका गाडी चलाउन नदिने सरकारको निर्णय कायमै रहेकाले चलाएको भेटिए जहाँ भेटिन्छ, त्यहीँ कारबाही गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका प्रहरी उपरीक्षक वामदेव गौतमले आपतकालीन अवस्था बाहेक अरुलाई कारबाही भैरहेको बताउनुभयो ।
हिजो मात्रै ३ सय ९२ वटा ट्याक्सीलाई होल्ड गरी छाडेको पनि गौतमले जानकारी दिनुभयो । चारपाङ्ग्रे र दुईपाङ्ग्रे गरी हिजो एकैदिन नियम उल्लंघन गर्ने १८ सय ६२ वटा गाडी कारबाहीमा परेका छन् । त्यसमा झण्डै १३ सय मोटरसाइकल रहेका पनि महाशाखाका प्रहरी उपरीक्षक गौतमले बताउनुभयो ।
यो सहित जोर–बिजोर नियम लागू भएपछि १६ हजार ४ सय भन्दा धेरै गाडी कारबाहीमा परेका छन् । सरकारले बिजोर गते बिजोर नम्बरका र जोर गते जोर नम्बरका गाडी चलाउन पाइने नियम लागू गरेको छ । आज काठमाण्डौ उपत्यका सहित देशैभर जोर नम्बरका निजी गाडी चलिरहेका छन् ।
आज बिहानै नियम उल्लंघन गर्ने ६३ वटा गाडीलाई होल्ड गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । होल्ड गरिएका गाडीलाई बेलुका ७ बजेपछि छोडिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।