बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ - मनसुन सक्रिय भएसँगै लगातार पानी परेको छ । देशका धेरै ठाउँमा गएरातिदेखि नै झरी परेको छ । सोमबार दिनभर झरी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले प्रमुख नदीमा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । आज काठमाण्डौ उपत्यका सहित देशका विभिन्न ठूला नदी र साना सहायक नदीहरुमा बहाव बढ्ने र केही साना नदीमा आकश्मिक बहाव हुनसक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले विशेष बुलेटिन निकालेर आग्रह गरेको हो । आज बागमती, नारायणी, पश्चिम राप्ती, बबईमा बहाब बढ्ने र केही साना नदीमा आकश्मिक बहाव हुन सक्ने उल्लेख छ । साथै काठमाण्डौ उपत्यकाका सहित सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर, सिन्धुली, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङजा, बर्दिया र आसपास मध्यम तथा भारी वर्षा भैरहेको छ ।
काठमाण्डौ उपत्यका हुदै बहने वाग्मती र यसका सबै सहायक नदीमा बहाव बढ्दो छ । बालकुमारीमा जलसतह २ मिटर भन्दा धेरै बढेको छ । मनोहरा, हनुमन्ते लगायत केही साना नदीको पानी नदी किनारको सडक र बस्तीमा जान सक्ने भएकाले उच्च सतर्कता अपनाउन भनिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।