बहराइनबाट पहिलो उडानमार्फत १५० नेपाली आइपुगे, आजै यूएई, कुवेत, पाकिस्तान र माल्दिभ्सबाट पनि नेपाली फर्कंदै

 असार ८, २०७७ सोमबार १०:५०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बहराइनबाट पहिलो उडानमार्फत १५० जना नेपाली स्वदेश आइपुगेका छन् । कोरोनाको कारण त्यहाँ समस्यामा परेका नेपालीहरु नेपाल एअरलाइन्सको चार्टर्ड जहाजमार्फत स्वदेश फर्किएका हुन् । जहाजमा तीन नेपालीको शव पनि ल्याइएको छ ।

यस्तै आज एअर अरेबियाको चार्टर्ड जहाजमार्फत यूएईबाट नेपालीहरु फर्कंदै छन् भने पाकिस्तानमा रहेका नेपाली लिन हिमालय एअरलाइन्स त्यसतर्फ गइसकेको छ । हिमालयले ५६ जना पाकिस्तानी नागरिक र १६ जना नेपाली लिएर गएको छ ।

फर्कंदा कति नेपाली ल्याउँछ भन्ने यकिन नभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । यस्तै आज माल्दिभ्सबाट पनि त्यहाँ समस्यामा रहेका नेपाली फर्कंदैछन् भने कुवेतले जजिरा एअरमार्फत त्यहाँ आममाफीमा सहभागी नेपालीलाई ल्याइदिनेछ ।

यस्तै, हिजाे विभिन्न देशमा समस्यामा परेका १५ सय ५१ जना नेपाली स्वदेश फर्किएका छन् ।कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विभिन्न देशमा समस्यामा रहेकाहरु ८ चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका हुन् । हिजाे सबैभन्दा धेरै यूएईबाट तीन उडानमार्फत पाँच सय ९७ जना नेपाली स्वदेश फर्किएका छन् ।

साउदीको रियादबाट १ बच्चासहित २४६ जना, कतारको दोहाबाट तीन बच्चासहित १४६ जना, कुवेतबाट पाँच बच्चासहित १६१ जना, बंगलादेशको ढाकाबाट २४५ जना, मलेसियाबाट १५६ जना स्वदेश फर्किएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएकाे छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया