च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
काठमाण्डाै – दक्षिण काेरियाकाे पाँचाैँ सबैभन्दा ठूलाे शहर दाइज्याेङ्ग शहर फेरि एक पटक प्रतिबन्ध र सामाजिक दुरीकाे नियममा कडाइ गर्न गइरहेकाे छ । काेराेना भाइरसकाे सङ्क्रमण समूहगत रुपमा देखिन थालेपछि याे फैसला लिइएकाे बताइएकाे छ ।
दक्षिण काेरियामा पछिल्लाे २४ घण्टामा १७ जनामा काेराेना सङ्क्रमण देखिएकाे छ । तीमध्ये ६ जना विदेशबाट फर्किएका नागरिक हुन् ।
तर अधिकारीहरु अझै पनि छिटपुट प्रकाेपलाई लिएर चिन्तित छन् । विशेषगरी अधिकारीहरु दक्षिण काेरियाकाे राजधानी सियाेलबाट ५० माइल डेजाेन शहरलाई लिएर चिन्तित बनेका हुन् । मानिसहरुलाई सामूहिक रुपमा जम्मा हुन प्रतिबन्ध लगाइएकाे छ ।
सार्वजनिक स्थलहरु: सङ्ग्रहालय, खेल हल र पुस्तकालयमा सबै प्रकारकाे सभामा प्रतिबन्ध लगाइएकाे छ । सङ्क्रमणलाई मध्यनजर गर्दै २० वटा चर्च पनि बन्द गरिएकाे जनाइएकाे छ ।
गएकाे फेब्रुअरी महिनामा दक्षिण काेरियामा चर्च काेराेना भाइरस प्रकाेपकाे सबैभन्दा ठूलाे केन्द्र बनेकाे थियाे, जब ६ हजारभन्दा धेरै सदस्य सङ्क्रमित भएका थिए ।
सियाेल शहरका मेयरले भाइरस सङ्क्रमणकाे दाेस्राे लहर देखिने स्थितिलाई मध्यनजर गर्दै आफूले तयारी गरिरहेकाे बताएका छन् ।
राजधानीमा सङ्क्रमण देखिएकाे अवस्थामा सहजरुपमा लड्नकाे लागि अधिकारीहरुले धेरैभन्दा धेरै कन्ट्याक्ट ट्याकर्सलाई भर्ना गरिरहेका छन्, साथै अस्पतालमा शय्या सुरक्षित गरिरहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ८३ हजार सङ्क्रमित थपिएका छन् । काेराेना महामारी सुरु भएपछि एकैदिनमा सङ्क्रमित भएकाकाे याे सङ्ख्या अहिलेसम्मकै धेरै भएकाे विश्व स्वास्थ्य सङ्गठनले जनाएकाे छ । याेसँगै विश्वभर सङ्क्रमित हुनेकाे सङ्ख्या ९० लाख ४५ हजार नाघेकाे छ ।