बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
भक्तपुर – नेपाल संवत ८२२ अर्थात् तीन सय १८ वर्ष अगाडि तत्कालीन मल्ल राजा भूपतिन्द्र मल्लले भक्तपुरको टौमढीमा निर्माण गरेको ङाँतापोल मन्दिरमा झण्डोत्तोलन (भूषादान) गरिएको छ ।
ऐतिहासिक एवं पुरातात्विक महत्वको पाँचतले मन्दिरको जन्मोत्सव वर्षबन्धनको अवसरमा आज सेतो कपडामा रातो चन्द्र आकार भएको ठूलो झण्डा फहराएर झण्डोत्तोलन गरिएको हो । यस अवसरमा मन्दिरभित्र विशेष पूजाआजा गरिएको छ ।
मन्दिरको टुप्पोमा लामो बाँंसमा झण्डा फहराइएको छ । मन्दिर स्थापनाको सम्झनामा प्रत्येक वर्ष अषाढ शुक्ल प्रतिपदाको दिन पूजाआजा गरी पाँचतले मन्दिरको माथिल्लो गजुरमा झण्डा फहराएर झण्डोत्तोलन गर्ने परम्परा छ ।
तत्कालीन राजा भूपतिन्द्रले मन्दिर बनाइसकेको दिनको सम्झनामा यसरी नै प्रत्येक वर्ष आषाढ शुक्ल प्रतिपदाको दिन पूजाआजा गरी टुप्पोमा झण्डा फहराउने प्रचलन रहेको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।
यसदिन दिनभर जोशी, कर्माचार्य र ब्राह्मण पूजारीको टोली र यजमानको रूपमा सहभागी भइ ताल्चाभडेलको टोलीले मन्दिरभित्र रहेको सिद्धिलक्ष्मी मन्दिरमा विशेष पूजाआजा गर्ने गर्दछन् ।
२०७२ सालको भूकम्पले मन्दिरको माथिल्लो भागमा क्षति पुगेकोले भक्तपुर नगरपालिकाले जीर्णोद्धार गरिरहेको छ । मन्दिरको जीर्णोद्धार अन्तिम चरणमा पुगेको छ । १९९० सालको भूकम्पमा मन्दिरको माथिल्लो एक तला भत्केको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।