पानीले साथ दिएपछि धमाधम रोपाइँ (फोटो फिचर)

 असार ९, २०७७ मंगलबार ९:४:३३ | उज्यालो सहकर्मी

काठमाण्डाै –  यसवर्ष मनसुनको सुरुसँगै वर्षा राम्रो भएकाले धमाधम रोपाइँ भैरहेको छ । काठमाण्डौ उपत्यका र आसपाससहित देशका धेरै ठाउँमा अहिले रोपाइँ भैरहेको छ ।

असार पहिलो हप्तासम्ममा झण्डै १५ प्रतिशत धान रोपाइँ भएको छ । कृषि मन्त्रालय तथा मातहतका निकायले संकलन गरेको अनुमानित तथ्याङ्क अनुसार देशभर १५ प्रतिशत धान रोपाइँ भएको हो । गएको जेठ ३० गते दुई दिन ढिला गरी नेपालमा मनसुन भित्रिएपछि रोपाइँ सुरु भएको हो ।

झण्डै १० दिनपछि मनसुन अस्ति आइतबारदेखि सुदूरपश्चिमसम्म नै फैलिएको छ । पोहोर मनसुन ढिला भित्रिएकाले असार पहिलो हप्तासम्म झण्डै १० प्रतिशत मात्रै रोपाइँ भएको थियो । यसपालि मनसुन समयमै भित्रिएपछि धानको बीउ राखिसकेका किसानलाई रोपाइँ गर्न तथा बीउ नै नराखेकाहरुलाई अहिले बीउ राख्ने चटारो छ ।

धानको बीउ झण्डै तीन हप्तामा तयार हुन्छ । नेपालमा असार १५ पछि धेरै ठाउँमा रोपाइँको काम धमाधम हुने गरेको छ । सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने गरेको छ । यसपालि दिवसमा रोपाइँको काम हुने, तर अरु तामझामका कार्यक्रम नहुने कृषि मन्त्रालयले जनाएको छ ।

तस्बिर : विकास तामाङ/ उज्यालाे ।

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया