बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – भ्रष्टाचार भएकाे/नभएकाेबारे हेर्ने नियामक संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले कोराना महामारीको बेला भ्रष्टाचार झनै बढेको जनाएको छ ।
ट्रान्सपरेन्सीले सरकारले कोरोना रोकथामकाे क्रममा नाै अर्ब ८७ करोड रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरे पनि क्वरेण्टीनकाे दयनीय अवस्था, पीसीआर किट्सलगायत अन्य स्वास्थ्य सामग्रीको अभाव तथा राहत वितरणमा देखिएको भद्रगोललगायतकाे अवस्था हेर्दा खर्चबारे धेरै प्रश्न उब्जिएको जनाएको छ ।
१० अर्ब रुपैयाँ कहाँ गयो भनेर सदन र सडकबाट प्रश्न उठेपछि सरकार हिसाब देखाउन बाध्य भएको तर हिसाब विवरण पनि अपूरो र झारा टार्ने प्रकृतिको रहेको ट्रान्सपरेन्सीको भनाइ छ । सत्य तथ्यभन्दा पनि हचुवाकाे भरमा खर्च विवरण सार्वजनिक हुनुले राष्ट्रिय ढुकुटीको व्यापक दुरुपयोग भएको हुनसक्ने सम्भावना रहेको ट्रान्सपरेन्सीले विज्ञप्तीमार्फत शङ्का जनाएको छ ।
ओम्नी ग्रुपसँग महँगोमा औषधि र उपकरण खरिद गरिएको र उसँग गरिएको ठेक्कापट्टा असल मनसायले गरिएको थियो भनि विश्वस्त रहने अवस्था नरहको ट्रान्सपरेन्सीले जनाएको छ । सरकार–सरकार अर्थात् जी टु जी प्रक्रियामार्फत औषधि खरिद गर्ने निर्णय अनुसार नेपाली सेनामार्फत औषधि किन्ने भनिए पनि बिचौलियाको प्रवेश भएको र सेनाको काममा अनियमितता भए पनि छानबिनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार नपुग्ने भएकाले भ्रष्टाचारको थप जोखिम रहेको विज्ञप्तिमा उल्लेख छ ।
जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् र त्याे मातहतका विभिन्न समितिहरु तथा प्राधिकरण हुँदाहुँदै ती निकायहरुलाई निष्क्रिय पारेर कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति तथा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर स्थापना गरी उनीहरुमार्फत स्वेच्छाचारी ढङ्गले जथाभाबी निर्णय गर्नु/गराउनु सर्वथा गैरकानुनी अभ्यास भएको ट्रान्सपरेन्सीको ठहर छ ।
साथै ट्रान्सपरेन्सी इन्टरनेशनलले अनियमिततामा संलग्न दोषीहरुलाई कारबाही गर्न माग गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।