मङ्गलबार काठमाण्डाैका यी ठाउँमा ५ घण्टा बत्ती जाने

 असार ८, २०७७ सोमबार १९:३३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – काठमाण्डाैका केही ठाउँमा मङ्गलबार केही घण्टा बत्ती जाने भएकाे छ । 

महाराजग‌ञ्ज वितरण केन्द्रकाे गणेशस्थान फिडरबाट वितरित लाइन बूढानीलकण्ठ नगरपालिका २ गणेश चाेककाे जीर्ण ११ मी. एच. टी लाइनकाे पाेल परिवर्तन गर्नुपर्ने भएकाेले मङ्गलबार बत्ती जाने भएकाे हाे । 

दिउँसाे १२ बजेदेखि साँझ ५ बजेसम्म बत्ती जाने नेपाल विद्युत् प्राधिकरणले जनाएकाे छ । जस अनुसार घुम्ती, धापासी, च्यासिन्टाेल, हात्तीगाैडा, बालुवाडीपाे, हेपालीलगायतका क्षेत्रहरुमा बत्ती जाने भएकाे हाे । 

ताेकिएकाे समयभन्दा अघि नै काम सकिए चाँडै नै बत्ती आउने पनि प्राधिकरणले जनाएकाे छ । 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया