दार्चुलाको व्यासमा टेलिकमको टावर, कालापानी क्षेत्रमा सम्पर्क गर्न सजिलो

 असार ८, २०७७ सोमबार १९:५२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

दार्चुला – दार्चुलाको व्यास गाउँपालिकामा नेपाल टेलिकमले सीडीएमए माेबाइलको टावर स्थापना गरेर सेवा सञ्चालन गरेको छ । यसअघि व्यासमा टावर रहे पनि सञ्चालन भएको थिएन ।

यस पटक सशस्त्र प्रहरीले छाङ्रुमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्दा सामान लैजाने क्रममा टावरकाे सामान पनि लगेर सेवा सुरु भएको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो । यसको लागि गृह मन्त्रालयसँग आग्रह गरेर आवश्यक सहयोग पाएको निर्देशक अधिकारीले बताउनुभयो ।

उहाँले व्यासमा सीडीएमए टावर राखेपछि बीओपी छाङ्रु, कुटी, गुञ्जी, तिङ्करसहितका कालापानीका क्षेत्र र भारतको धार्चुलामा पनि नेटवर्कले काम गर्ने जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: फागुन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया