सुनको भाउ तोलामा ९१ हजार, अझै बढ्न सक्ने

 असार ९, २०७७ मंगलबार ७:३४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनको भाउ अझै बढ्न सक्ने व्यवसायीले बताएका छन् । हिजो अहिलेसम्मै महंगो भएको सुनको भाउ अझै बढ्न सक्ने व्यवसायीको भनाई छ ।

हिजो सुनको भाउ तोलामा ९१ हजार रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै महंगो हो । अस्ति आइतबारको तुलनामा सुनको भाउ ४ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले यसको असर नेपाली बजारमा पनि परेको र भाउ अझै बढ्ने सक्ने नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७ सय ५२ दशमलव ८० अमेरिकी डलर पुगेको छ । महासंघकाअनुसार भाउ बढेपछि बजारमा सुनचाँदीको कारोबार लगभग ठप्प जस्तै भएको छ ।

कोरोना भाइरस र लकडाउनको कारण आम्दानी घटेकाले पनि सुन किन्नेभन्दा बेच्न खोज्नेहरु बढेका व्यवसायीको भनाई छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया