सोमबार अहिलेसम्मकै महंगो भएको सुनको भाउ म‌ंगलबार घट्यो

 असार ९, २०७७ मंगलबार ११:३३:२ | उज्यालो सहकर्मी

काठमाण्डौ - सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ ।

सोमबार अहिलेसम्मै महंगो भएको सुनको भाउ मंगलबार घटेको हो । सुन मंगलबार तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको भाउ तोलामा ९१ हजार रुपैयाँ पुगेको थियो । यो अहिलेसम्मै महंगो हो ।

अस्ति आइतबार पनि सुन तोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो । आज चाँदी तोलाको १० रुपैयाँ घटेर ९ सय ४० रुपैयाँ कायम भएको छ । चाँदी हिजो तोलाको ९ सय ५० रुपयाँ थियो । महासंघका अनुसार कोरोना सङ्क्रमणको जोखिमपछि लकडाउन र भाउ बढेका कारण सुनचाँदीको कारोबार लगभग ठप्प जस्तै छ ।

आम्दानी घटेकाले पनि सुन किन्नेभन्दा बेच्न खोज्नेहरु बढेका व्यवसायीको भनाई छ

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया