बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले हाच्छिउँ गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो भन्दै प्रश्न गर्नुभएको छ ।
प्रधानमन्त्रीले बेला बेला भ्रामक सार्वजनिक अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै उहाँले हाच्छिउँ गर्दा कोरोना निको हुने भए किन लकडाउन गरियो भन्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरुले उहाँलाई भ्रममा पारेको समेत उहाँले बताउनुभयो । पुष्टि नै नभएका कुराहरु सल्लाहकारहरुले प्रधानमन्त्रीलाई सुनाएर संसदबाट समेत प्रधानमन्त्री ओलीले जनतालाई भ्रममा पारेको बताउनुभयो ।
उहाँले भन्नुभयो, 'कसले झुठा कुरा गरेर प्रधानमन्त्रीलाई भ्रममा पार्नुभयो ? पुष्टि नभएका खबरहरु कसले प्रधानमन्त्रीज्यूलाई सुनाउँछ ? हाच्छिउँ–साच्छिउँ गरेर कोरोना जाने भए, लकडाउन किन गरिएको हो ? १० अर्ब किन खर्च गरिएको हो ?'
पालिकाका जनप्रतिनिधिहरुले अहिले पनि सङ्घ र प्रदेश सरकारबाट कुनै सहयोग नपाएको गुनासो गरिरहेको उहाँले बताउनुभयो । लामो समयदेखि आरडीटी परीक्षण बन्द गर्न सरकारलाई आग्रह गर्दा पनि नमानेको भन्दै उहाँले आरडीटी परीक्षण तत्काल रोकेर पीसीआरको दायरा बढाउनुपर्ने बताउनुभयो । अत्यावश्यक स्वास्थ्य सामग्रीकाे तत्काल आपूर्ति गरी, पालिकामा बनेका क्वरेण्टीनहरुलाई मापदण्ड अनुसार व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।
सरकारले संविधानमा भएका कतिपय राजनीतिक सहमति विपरीत विधेयकहरु ल्याउने गरेको भन्दै उहाँले राजनीतिक सहमतिहरु नतोड्न पनि आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।