साउदी अरेबियाले यो वर्ष हज यात्रामा विदेशीलाई प्रवेश नदिने, देशभित्रका थोरै मानिस मात्र सहभागी हुन पाउने

 असार ९, २०७७ मंगलबार १४:३९:२४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – साउदी अरेबियाले यो वर्ष मुस्लिम तीर्थ यात्रा अर्थात् हज यात्रामा विदेशी यात्रीलाई प्रदेश नदिने भएको छ । साउदी सरकारले देशभित्रका थोरै मानिसमात्र सहभागी भएर हज यात्रा गर्ने तर अन्तर्राष्ट्रिय हज यात्रीलाई प्रवेश नदिने बताएको बीबीसीले जनाएको छ ।

मुस्लिम धर्मावलम्बीहरुले साउदी अरेबियामा रहेको पवित्रस्थल मक्का–मदिनामा हज यात्रा गर्छन् । हज यात्रामा सहभागी हुन हरेक वर्ष विश्वभरबाट लाखौँको सङ्ख्यामा मुस्लिमहरु साउदी पुग्छन् । तर यो वर्ष कोरोना भाइरसको महामारीले गर्दा साउदी अरेबियाले हज यात्राका लागि विदेशीलाई प्रवेश नदिने जनाएको हो ।

हज यात्रामा सामाजिक दुरी कायम गर्न असम्भव रहेकोले सङ्क्रमणबाट जोगाउन हज यात्रा रोक्नु नै एकमात्र उपाय रहेकोले यस्तो निर्णय लिइएको साउदी अरेबियाका अधिकारीले बताएकाे खबरमा उल्लेख छ ।

साउदी अरेबियामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक लाख ६१ हजारभन्दा बढी रहेको छ । साउदीमा कोरोनाकाे कारढा १३ सयभन्दा बढीको ज्यान गएको छ । केही दिनअघि मात्रै साउदी अरेबियाले लकडाउन हटाएको थियो । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया