एअर इण्डियाका जहाजलाई अमेरिकाले लगायो प्रतिबन्ध

 असार ९, २०७७ मंगलबार १५:८:१५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाले एअर इण्डियाका जहाजको चार्टर्ड उडानमा प्रतिबन्ध लगाएको छ । हवाई उडानसम्बन्धी अमेरिकी कानुन उल्लङ्घन गरेकाेले अमेरिकाले एअर इण्डियालाई प्रतिबन्ध लगाइएको 'द हिन्दू' ले जनाएको छ ।

एअर इण्डियाले चार्टर्ड उडान भनेर अनुमति लिए पनि यात्रुसँग टिकट काटेर उडान गरेपछि प्रतिबन्ध लगाइएको अमेरिकाको यातायात विभागले जनाएको छ ।

अमेरिकाले एअर इण्डियाकाे कार्यलाई विभेदकारी र अपारदर्शी कामको संज्ञा दिँदै आफ्नो देशको हवाई कानुनको गम्भीर उल्लङ्घन भएको जनाएको छ । यसले दुई देशबीचको हवाई सम्झौताको पनि उल्लङ्घन भएको अमेरिकाले जनाएको 'टाइम्स अफ् इण्डिया' ले लेखेकाे छ ।

अब एअर इण्डियाले अमेरिकामा उडानको लागि फेरि त्यहाँको विभागसँग अनुमति माग्नुपर्नेछ । भारतले मे ६ तारिखदेखि विभिन्न देशबाट आफ्ना नागरिक उद्धार गरिरहेको छ । अमेरिकाबाट पनि उसले १८ जुन अर्थात् गएको बिहीबारदेखि उद्धार सुरु गरेको थियो । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया