बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – नेपालमा काेराेना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या १० हजार नाघेकाे छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप पाँच सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या १० हजार ९९ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार मङ्गलबार ९० महिलासहित पाँच सय ३८ जना नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् । मङ्गलबार थप ७६ जना गरी अहिलेसम्म दुई हजार दुई सय २४ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
अहिले सात हजार आठ सय ५१ जना सङ्क्रमित उपचारकाे लागि विभिन्न अस्पतालका आइसोलेशनमा रहेका छन् ।
पछिल्लाे २४ घण्टामा पीसीआर विधिबाट चार हजार नाै सय ९५ गरी अहिलेसम्म एक लाख ८६ हजार तीन सय ६६ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै पछिल्लाे २४ घण्टामा आरडीटी विधिबाट तीन हजार चार सय ८१ गरी अहिलेसम्म दुई लाख ७१ हजार पाँच सय ८४ जनाको आरडीटी परीक्षण गरिएको छ । अहिले ८५ हजार आठ सय १३ जना क्वरेण्टीनमा रहेका छन् ।
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । दैलेखका एक ४५ वर्षीय पुरुषको मृत्यु भएसँगै मृतकको सङ्ख्या २४ पुगेको हो । मन्त्रालयका अनुसार दैलेखको दुल्लु गाउँपालिका ३ का ४५ वर्षीय पुरुषको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारकाे क्रममा मृत्यु भएको हो ।
मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले ती पुरुष क्षयरोग र दमको बिरामीसमेत रहेको बताउनुभयो । सोमबार ती पुरुषकाे मृत्यु भएको हो । ती पुरुषकाे ३ गते स्वाब सङ्कलन गरिएकोमा असार ४ गते कोरोना पुष्टि भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।