बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ – अमेरिकी सहयाेग नियाेगकाे मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौता खारेज गर्न माग गर्दै मङ्गलबार पनि विरोध प्रदर्शन भएको छ ।
११ वटा साना कम्युनिस्ट दलले एमसीसी खारेजीको माग गर्दै काठमाण्डौको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले एमसीसी देशकाे लागि राष्ट्रघाती हुने र नेपाललाई विदेशी शक्तिको रणभूमि बनाउने भन्दै प्रदर्शन गरेका हुन् । एमसीसी सम्झौता किन राष्ट्रघाती भन्दै विभिन्न कारणहरु लेखिएका ब्यानरहरु लिएर प्रदर्शनकारीहरु सडकमा उभिएका थिए ।
अमेरिकी सैन्य केन्द्रीय मुकाम पेन्टागनको योजना अनुसार हिन्दू प्रान्तीय रणनीतिको अभिन्न अङ्ग भएकाेले, नेपालको पानी प्रयोग गरी उत्पादन गरिएको बिजुली अन्य देशमा बेच्ने भएकाेले, नेपाल सरकारले एमसीसीलाई चित्त बुझ्ने योजना तयार पारी पठाउनुपर्ने र त्यस्तो योजना भारतको सरकारले समर्थन गर्नुपर्ने भएकाेले, चीनलाई फौजी रुपमा घेरा हाल्न नेपालमा सैन्य अखडा खडा गर्ने भएकाेले, अमेरिकी सरकारले चाहेमा जुनसुकै बेला पनि यो सम्झौता रद्द गर्न सक्नेलगायतका कारणहरु लेखिएका ब्यानरहरु लिएर प्रदर्शनकारी सडकमा उभिएका थिए ।
त्यस्तै ‘यूएसए गो ब्याक’, ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘रिजेक्ट एमसीसी’, ‘नो एमसीसी’ लेखिएका पम्प्लेट लिएर प्रदर्शनकारीहरु सडकमा बसेका थिए । प्रदर्शनमा बालबालिकालाई समेत प्रयोग गरेको देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।