जापानकाे 'सुपर कम्प्युटर' काेराेनाविरुद्धकाे लडाइँमा

 असार ९, २०७७ मंगलबार १९:२१:३९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्वकाे सबैभन्दा द्रुत गतिकाे सुपर कम्प्युटरलाई अब काेभिड–१९ महामारीविरुद्धकाे लडाइँमा तैनाथ गरिएकाे छ । जापानकाे सुपर कम्प्युटर फुगाकुलाई साेमबार सबैभन्दा द्रुत गतिकाे कम्प्युटरकाे दर्जा दिइएकाे हाे । 

याे कम्प्युटरले अमेरिकाकाे आईबीएमकाे तुलनामा प्रतिसेकेण्ड २ दशमलव ८ गुणा धेरै गणना गर्छ । समिट नामकाे याे अमेरिकी सुपर कम्प्युटर ६ महिनामा जारी गरिने टप ५०० काे सूचीमा यसअघि चार पटक शीर्ष स्थानमा रहेकाे थियाे । 

तर फुगाकुकाे जितले लामाे समयदेखि चल्दै आएकाे अमेरिकी–चीन वर्चस्वलाई ताेडेकाे छ । जापान याे सूचीमा ११ वर्षकाे पर्खाइपछि शीर्ष स्थानमा आएकाे हाे । टप ५०० काे याे सूचीमा विश्वकाे केही शक्तिशाली सुपर कम्प्युटरकाे गणना गरिन्छ । 

फुगाकुलाई पहिले नै काेराेना भाइरसविरुद्धकाे जारी लडाइँमा प्रयाेग गरिँदै आएकाे छ । याे कम्प्युटरले हाच्छिउँ र खाेक्दा निस्कने थुककाे छिटा कसरी भवन र खुला ट्रेनमा फैलिन सक्छ भनेर अनुमान गरिरहेकाे छ । 

आउँदाे वर्ष जब याे कम्प्युटर पूर्णरुपमा प्रयाेगकाे लागि लायक हुन्छ तब याे मेसिनले काेराेना भाइरसकाे प्रभावकारी औषधिकाे खाेजमा सहयाेग गर्ने विशेषज्ञहरुले विश्वास लिएका छन् । एउटा काेठा जतिकै आकारकाे याे मेसिन जापानकाे काेश शहरमा छ । 

जापानी टेक्नाेलाेजी फर्म फुजित्सु र सरकारी स‌ंस्थान राइकेन इन्स्टिच्युटले यसलाई तयार गर्न ६ वर्ष लागेकाे थियाे फुगाकु नाम माउन्ट फुजी पर्वतबाट प्रेरित छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया