डेरावालसँग कोरोना परीक्षणको प्रमाणपत्र माग्ने घरधनीलाई कारबाही हुने

 असार १०, २०७७ बुधबार ७:४६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गाउँबाट काठमाण्डौ उपत्यका भित्रिनेसँग कोरोना परीक्षणको प्रमाणपत्र माग्ने घरधनीलाई सरकारले कारबाही गर्ने भएको छ ।

डेरामा बस्नेहरु गाउँबाट फर्कंदा घरबेटीले कोरोना परीक्षणको प्रमाणपत्र माग्न थालेको गुनासो बढेपछि गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो । घरबेटीले डेराभित्रै छिर्न नदिने गुनासोपछि गृह मन्त्रालयले त्यस्ता गतिविधिमा संलग्न हुनेलाई कारबाही गर्ने तयारी गरेको छ ।

साथै गृह मन्त्रालयले डेरावालासँग कोरोनाको प्रमाणपत्र नमागी क्वरेण्टीनमा बस्नेगरी घरबेटीले कोठा उपलब्ध गराइदिनुपर्ने जनाएको छ । कोठा उपलब्ध नगराउने घरबेटीलाई कारबाही गर्ने गरी गृह मन्त्रालयले काठमाण्डौ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा निर्देशन पठाइसकेको गृहका प्रवक्ता केदारनाथ शर्माले बताउनुभयो ।

साथै बाहिरबाट काठमाण्डौ उपत्यका फर्कनेहरुले कुनै लक्षण नभई पीसीआर परीक्षण गराउन नपर्ने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले एक जिल्लाबाट अर्को जिल्ला जाँदा, काठमाण्डौ प्रवेश गर्दा र केही घरधनीले डेरावालासँग पीसीआर रिपोर्ट मागेको भन्ने सुनिन आएकोले त्यसो नगर्न आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया