बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – लकडाउनका कारण रोकिएको ललितपुरको रातो मच्छिन्द्रनाथको रथ निर्माण आजदेखि सुरु भएको छ ।
तिथिको आधारमा बनाइने रथ गएको चैत २७ गते साइत पूजा सुरु गर्नुपर्नेमा चैत ११ गतेदेखि लकडाउन भएकाले प्रतीकात्मक रुपमा रथ निर्माण सुरु भयो भनेर जनाउनको लागि साइत पूजा मात्र गरिएको थियो । आज बिहान पुल्चोकमा रहेको जोगाम्बर पिठमा रथ निर्माणको लागि क्षमा पूजा गरिएको रथ निर्माणमा संलग्न काष्ठकामका नाइके दिलकुमार बाराहीले उज्यालोलाई बताउनु भयो ।
अहिलेको लागि रथ बनाउनको लागि प्रशासनले स्वीकृति दिएको छ । तर रथारोहण र रथयात्रा भने अझै निश्चित भएको छैन । गएको चैत २७ गते महास्नान गरेर वैशाख १२ गते पुल्चोकमा रथारोहण गर्नुपर्नेमा यसपालि रथ बनाउन नसकेका कारण मूर्तिलाई मच्छिन्द्रबहालमा रहेको भजनपाटीमा राखिएको छ ।
त्यस्तै पाटनको तंगलमा रातो मच्छिन्द्रनाथसँगै रथजात्रा गरिने मीननाथको रथ निर्माणको काम गएको असार ३ गतेदेखि सुरु भइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।