'बेलायत कोरोना सङ्क्रमणको दोस्रो लहरको लागि तयार हुनुपर्छ'

 असार १०, २०७७ बुधबार १२:५७:१८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – स्वास्थ्य नेतृत्वकर्ता (अधिकारीहरु) ले बेलायत कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरकाे सामना गर्न तयार छ कि छैन भन्नेबारेमा तत्काल समीक्षा गर्नुपर्ने बताएका छन् ।   

बिट्रिश मेडिकल जर्नलको प्रकाशित खुला पत्रमा अब आउने क्षति रोक्नको लागि तत्काल कदम चाल्नु आवश्यक हुन्छ भनेर चेतावनी दिइएको छ । 

रोयल कलेज अफ् सर्जनक अध्यक्ष, नर्सिङ, फिजिसियन र जीपीएसलगायतले त्यो पत्रमा हस्ताक्षर गरेका छन् । 

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले देशमा जारी लकडाउनमा व्यापक परिवर्तन गर्ने घोषणा गरेपछि स्वास्थ्य अधिकारीहरुले यस्ताे बताएका हुन् ।  

मङ्गलबार प्रधानमन्त्री जोनसनले आउँदो जुलाई ४ देखि पब्स, रेस्टुरेन्ट, चलचित्र र सैलुन फेरि खुल्न सक्ने बताएका थिए । 

दुई मिटरको सामाजिक दुरी अब एक मिटरको हुनेछ, यसको मतलब मानिसहरुले सम्भव भएसम्म दुई मिटरको दुरी कायम गर्नुपर्छ, नभए एक मिटरको दुरी राख्नैपर्छ । यद्यपि दुई मिटरको सामाजिक दुरी स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डमा यथावत् छ । 

बेलायतमा अहिलेसम्म तीन लाख ६ हजार दुई सयभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणको कारण अहिलेसम्म ४२ हजार नौ सय २७ जनाको ज्यान गएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया