बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ – नेपाल राष्ट्र बैंकले कोभिड–१९ काे कारण थला परेका व्यवसायको पुनर्स्थापनामा सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याउने भएको छ ।
कोभिड–१९ सङ्क्रमणकाे कारण मारमा परेका व्यवसायीहरुले आफ्नो व्यवसायलाई निरन्तरता दिन सक्ने गरी नीति ल्याउने तयारी राष्ट्र बैंकले गरेको हो ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड-१९ काे कारण कसैले पनि व्यवसाय बन्द गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी नीतिहरु बन्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो उद्देश्य कोभिड–१९ को कारणले कोही कसैले मर्न नपरोस्, कुनै उद्यम व्यवसाय स्वास्थ्यको हिसाबले कोही थला नपरोस् भन्ने हो । त्यसको लागि मौद्रिक नीतिले आफूले सक्ने काम गर्ने छ ।’
अहिले अति प्रभावित, मध्यम प्रभावित, कम प्रभावित व्यवसायहरुको विश्लेषण भइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘मौद्रिक नीतिका पनि आफ्नै सीमा छन् । सबै कुरा यसैले निराकरण गर्न सक्दैन । यसले वित्तीय क्षेत्रसँग सम्बन्धित नीतिले जुन हदसम्मको उपचार दिन सक्छ, त्यो उपचारमा हामी त्यहाँभित्र आफ्नै किसिमको प्राथमिकीकरण गरेर उपचार खोज्छौँ ।'
सरकारले आउँदो आर्थिक वर्ष ७ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरे पनि कोरोनाको अनिश्चितता नहट्दासम्म कुनै पनि कुराको टुङ्गो नहुने उहाँले बताउनुभयो । कोरोना सङ्क्रमणको जोखिम शून्यमा पुगेपछि बजार सञ्चालनमा आएमात्र सरकारले लिएका लक्ष्यहरु प्राप्त हुने उहाँले बताउनुभयो ।
बजार चलायमान भएपछि बैंकिङ क्रियाकलापले पनि प्रशस्त तरलता दिने र त्यसपछि व्यावसायिक क्रियाकलापहरू बढ्दै जाने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।