चीनसँग लडेका सैनिक भेट्न लद्दाख पुगे भारतीय सेना प्रमुख

 असार १०, २०७७ बुधबार १५:१२:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेले बुधबार लद्दाखको फरवार्ड चौकीको भ्रमण गरेका छन् । सेना प्रमुखले सीमा क्षेत्रका अधिकारीसँग कुराकानी पनि गरेको जी न्युजले जनाएको छ । 

भ्रमणको क्रममा सेना प्रमुखले गलवान उपत्यकामा चिनियाँ सेनासँगको भिडन्तको सामना गर्ने सैनिकलाई प्रशंसा पत्रले सम्मानित गरेका छन् । 

सेना प्रमुखकको आजको भ्रमणलाई लिएर विज्ञप्ति जारी गर्दै भारतीय सेनाले भनेको छ, ‘सेना प्रमुख एमएम नरभानेले पूर्वी लद्दाखको फरवार्ड इलाकाको भ्रमण र सीमा क्षेत्रमा भइरहेको तयारीको बारेमा जानकारी लिए । उनले जवानको मनोबल बढाए र उनीहरुको योगदानको प्रशंसा पनि गरे ।’

सेना प्रमुखको एलएसीको यो भ्रमण आज सकिँदैछ । यही क्षेत्रमा गएको हप्ता चीनको पिपुल्स लिबरेशन आर्मीसँगको हिंसक झडपमा २० भारतीय सैनिकको ज्यान गएको थियो ।

सेनाध्यक्षले हिजो गलवान सङ्घर्षमा घाइते भएका सैनिकसँग भेट गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया