बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार सात सय २८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ६ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १० हजार सात सय २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार बुधबार एक सय १० जना महिला र पाँच सय १९ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । उहाँका अनुसार बुधबार पीसीआर विधिबाट ६ हजार आठ सय २८ र आरडीटी विधिबाट १२ हजार एक सय १२ जनाको कोरोना परीक्षण गरीएको छ ।
अहिलेसम्म पीसीआर परीक्षणको सङ्ख्या एक लाख ९३ हजार एक सय ९४ पुगेको छ । त्यस्तै आरडीटी विधिबाट दुई लाख ८३ हजार ६ सय ९६ जनाको काेराेना परीक्षण भएको छ । बुधबार एक सय १४ जना सङ्क्रमित डिस्चार्ज भएसँगै अहिलेसम्म दुई हजार तीन सय ३८ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।
अहिले देशका विभिन्न अस्पतालमा आठ हजार तीन सय ६६ जना उपचाररत रहेका छन् । क्वरेण्टीनमा रहनेकाे सङ्ख्या ७८ हजार ६ सय ३९ रहेकाे छ । अहिलेसम्म कोरोना सङ्क्रमणबाट २४ जनाको मृत्यु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।