तोकिएको समयमा एमसीसी पारित नहुने पक्का, संसद् बैठक १७ गतेमात्रै बस्ने

 असार १०, २०७७ बुधबार १७:२१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) तोकिएको समयमा पारित नहुने पक्का भएको छ । एमसीसी परियोजनासम्बन्धी सम्झौता असार १६ गतेभित्र  संसदबाट पारित भइसक्ने समझदारी भए पनि यो मितिमा पारित नहुने पक्का भएको हो ।

सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक असार १७ गतेलाई बोलाएपछि १६ गतेभित्र संसद्बाट पारित हुनुपर्ने एमसीसी निर्धारित मितिमा पारित हुने छैन ।

विद्युत् प्रसारण लाइन र सडक सुधारको लागि अमेरिकाले एमसीसी परियोजनामार्फत नेपाललाई पाँच सय मिलेनियम अमेरिकी डलर अर्थात् झण्डै ५५ अर्ब रुपैयाँ सहयोग गर्ने सम्झौता भएको छ । तर यो सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने, भारततर्फको प्रसारण लाइनको लागि भारतको सहमति चाहिनेलगायतका केही शर्तका कारण नेपालमा यसको विरोध पनि भइरहेको छ ।

यद्यपि एमसीसीलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै नेताहरुबीच विवाद रहेको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

1 Comments

  • Dilip Rana

    June 24, 2020, 8:50 p.m.

    MCC is equivalent to Nepal selling its sovereignty to a dubious company, which in the time to come will capture our national assets through the provision of the said company and may decide even to bring foreign troops to protect such assets as Nepalese law will not be applicable to stop such an action. Moreover, the provision that Nepal should ask India's permission for its implementation is designed more for India's benifit for bargaining. So people should resist it with all its might from the streets as most of the leaders are already bought with foreign money in its favour.

  •  0 Reply

तपाईको प्रतिक्रिया