बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले असार मसान्तसम्ममा मेलम्चीको पानी सुन्दरीजलसम्म आइपुग्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाको विकास तथा प्रविधि समिति बैठकमा मन्त्री मगरले भौतिक निर्माणतर्फ एक प्रतिशतमात्रै काम बाँकी रहेको उल्लेख गर्दै असार मसान्तमा सुन्दरीजलमा पानी आइपुग्ने बताउनुभयो । अस्थायी डाइभर्सनकाे लागि आवश्यक भौतिक पूर्वाधारको काम ९९ प्रतिशत सकिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, 'असारसम्म भौतिक काम सम्पन्न हुन्छ । राष्ट्रिय सभा, प्रतिनिधि सभामा प्रतिबद्धता जनाइसकेका छौँ र नीति तथा कार्यक्रममा पनि यो विषय समेटिएको छ । असार मसान्तमा परीक्षण र नयाँ आर्थिक वर्षमा व्यवस्थित ढङ्गले वितरण प्रक्रिया अगाडि बढ्छ ।'
समिति सभापति कल्याणी कुमारी खड्काले सुन्दरीजलसम्म पानी खसाल्नुले मात्रै आयोजना पूरा नहुने भएकाेले काठमाण्डाैबासीकाे घरघरमा पानी पुर्याउने कुरालाई ध्यानमा राख्न मन्त्रालयलाई निर्देशन दिनुभयो । त्यहाँका स्थानीयबासीहरुको समस्या समाधान गरी निर्वाध रुपमा मेलम्ची सञ्चालन हुने व्यवस्था मिलाउन पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।
सांसदहरुले खानेपानी आयोजनाको कुल लागत, स्थानीयका समस्या समाधान र कहिलेसम्म पानी काठमाण्डाैमा आइपुग्छ भन्दै प्रश्न गरेका थिए । सांसद बहादुर सिंह लामाले सीएमसी कम्पनीले छोडर गएपछि भएको ४ प्रतिशत कामको लागत कति हो र अब कति लागत लाग्छ भन्दै प्रश्न गर्नुभएको थियो ।'
सांसद गणेश पहाडीले सीएमसीले सप्लायर्स र लोकल भेण्डरहरुलाई दिनुपर्ने भुक्तानीकाे विषयमा के भइरहेको छ भन्दै प्रश्न गर्नुभयो ।
सांसद रंगमती शाहीले अहिलेसम्म नागरिकले मेलम्चीको पानी किन खान पाएनन् भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘दशैँमा पानी आउँछ भनेर मन्त्रीज्यू जोसिनुहुन्छ । जोस, इच्छाशक्ति ठूलै देखिन्छ । पावर पनि ठूलै देखिन्छ तर नागरिकले पानी किन खान पाएनन् ।’
मेलम्ची आयोजनाका अनुसार अब सुरुङ र पानी प्रशोधन केन्द्रबीचको पाइप जडानको १० प्रतिशत काम बाँकी छ । अनुगमन उपकरण जडानतर्फ आपूर्ति र जडानको काम भइरहेको आयोजनाले जनाएको छ । रक डबेल जडान ग्राउण्डिङ, इन्भर्ट कङ्क्रिट, हाइड्रो मेकानिकल, गेट जडान सम्पन्न भएको आयोजनाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।