नेपालीको स्वदेश फिर्ती : आज १४ वटा अन्तर्राष्ट्रिय उडान, कहाँबाट कति फर्किए ? (सूचीसहित)

 असार १०, २०७७ बुधबार १९:२०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज विभिन्न ६ देशबाट ९ सय ९९ जना नेपाली स्वदेश फर्किएका छन् । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएका र समस्यामा परेकाहरु चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका हुन् ।

आज साउदीको दमामबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १५४ जना, साउदीकै जेद्दाबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २५५ जना स्वदेश फर्किएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । जेद्दाबाट एउटा शव पनि ल्याइएको छ ।

यस्तै हिमालय एअरलाइन्समार्फत यूएईको आबुधाबीबाट ३ बालबालिकासहित १४९ जना, कुवेतबाट १५५ जना र मलेसियन एअरको कार्गो लिएर आएको जहाजमार्फत चार जना स्वदेश आइपुगेका छन् । विमानस्थलका अनुसार आजै इस्तानाबुलबाट टर्किस एअरलाइन्सको चार्टर्ड जहाजमार्फत २८२ जना स्वदेश फर्किएका छन् ।

१४ अन्तर्राष्ट्रिय उडान

आज १४ वटा अन्तर्राष्ट्रिय उडान भएको छ । भित्रुवन विमानस्थलका अनुसार आज विभिन्न देशबाट ६ वटा चार्टर्ड जहाज नेपाली लिएर काठमाण्डौ आएका छन् भने केही उडान नेपाली लिन जाने क्रममा छन् । आज कतारको दोहा, यूएईको आबुधाबी, कुवेत र जापानको नारितामा नेपाली लिन जहाज जाँदैछन् ।

भोलि कहाँ कहाँबाट आउँदैछन् नेपाली ?

भोलि विभिन्न ठाउँमा नेपाली लिन जान र लिएर आउनका लागि १३ वटा अन्तर्राष्ट्रिय उडानको तालिका तय भएको विमास्थलले जनाएको छ । यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्स १५२ जना यात्रु लिएर फर्कने छ भने कतारको दोहाबाट पनि हिमालय एअरलाइन्स नै १५२ जना नै लिएर आउने तालिका रहेको छ ।

कुवेतबाट नेपाल एअरलाइन्सले १४९ जना लिएर आउनेछ । जापानको नारिताबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २५४ जना स्वदेश फर्कनेछन् । भोलि कतार एअरवेज कतारको दोहा र एअर अरेबिया यूएईको सारजहाबाट नेपाल आउनेछन् । श्री एअरलाइन्स यंगुनबाट आउनेछ भने नेपाल एअरलाइन्सका दुई जहाज बहराइनमा समस्यामा रहेका नेपाली लिन त्यसतर्फ जानेछन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • Avinash Gurung

    June 24, 2020, 9:39 p.m.

    Is there any chances of loosen up the lockdown after 2 months or not ? If not , if someone want to go on vacation on sept for 1 month. Will i have to fill the form in Nepal embassy govt. online to come to vacation ? I am working in Abu dhabi currently . My company said you can go on 1 month vacation, if you want? Coz right not our work is stop due to lockdown. So they said it will probably be starting from Dec ,2020.

  •  0 Reply

तपाईको प्रतिक्रिया