परराष्ट्र मन्त्री ज्ञवाली र अमेरिकी विदेश मन्त्री पाेम्पियाेबीच टेलिफाेन वार्ता

 असार १०, २०७७ बुधबार २०:२६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी विदेश मन्त्री माइक पोम्पियोबीच टेलिफोनमा वार्ता भएको छ । मन्त्री ज्ञवाली र पोम्पियोबीच आज दिउँसो वार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

कोरोना महामारीको सन्दर्भमा दुई देशले भोगेका अनुभव साटासाट भएको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै दुवै देशले कोरोनाको कारण ज्यान गुमाएकाप्रति समवेदना प्रकट गरेका थिए । 

परराष्ट्र मन्त्री ज्ञवालीले नेपालको स्वास्थ्य क्षेत्रमा अमेरिकी सहयोगको प्रशंसा गर्नुभएको विज्ञप्तिमा भनिएको छ । 

 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया