आज ६ देशबाट नेपाली फर्कंदै, १३ अन्तर्राष्ट्रिय उडान हुने

 असार ११, २०७७ बिहिबार ७:१७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज विभिन्न ६ देशबाट नेपालीहरु स्वदेश फर्कने भएका छन् ।

त्रिभुवन विमानस्थलका अनुसार आज यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्समार्फत १५२ जना र कतारको दोहाबाट पनि हिमालय एअरलाइन्समार्फत नै १५२ जना फर्कने तालिका रहेको छ ।

यस्तै, कुवेतबाट नेपाल एअरलाइन्सले १४९ जना लिएर आउनेछ । जापानको नारिताबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २५४ जना स्वदेश फर्कनेछन् । कतार एअरवेजको जहाज कतारको दोहा र एअर अरेबिया यूएईको सारजहाबाट नेपाल आउनेछन् तालिका रहेको विमानस्थलले जनाएको छ ।

यस्तै आज नेपाली लिन जहाजहरु विभिन्न ठाउँमा जाने तालिका रहेको छ । नेपाल एअरलाइन्सका दुई जहाज बहराइनमा समस्यामा रहेका नेपाली लिन त्यसतर्फ जानेछन् ।

हिमालय एअरलाइन्सको चार्टर्ड जहाज मलेसियाको क्लालाम्पुर जाने तालिका रहेको छ । नेपाली लिएर आएका जहाजहरु पनि आजै फर्कने छन् । तर ती जहाजमा यात्रु फर्कन्छन् या फर्कंदैनन् भन्ने टुङ्गो लागेको छैन । यात्रु ल्याउन र लिन जानका लागि आज विमानस्थलमा १३ वटा अन्तर्राष्ट्रिय उडान हुनेछन् ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया