एम्बुलेन्स दुर्घटना हुँदा चालकको ज्यान गयो

 असार ११, २०७७ बिहीबार १०:४८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

ओखलढुंगा– लिखु गाउँपालिकामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको छ ।

यसमबाट वडा नम्बर ९ को पोकलीतर्फ जाँदै गरेको एम्बुलेन्स  बिहान करिब साढे नौ बजे कात्तिकेभिरमा दुर्घटना हुँदा एम्बुलेन्स चालक लिखु गाउँपालिका–४, यसमका २३ वर्षीय सुदर्शन खत्रीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्स बिहीबार बिहान गाउँपालिकाबाट बिरामी लिन पोकली जाँदै थियो ।

गाउँपालिकाको ३–०१–०० झ ५११५ नम्बरको एम्बुलेन्स सडकबाट करिब २ सय मिटर तल खोलामा खसेको गाउँपालिका अध्यक्ष गोबिन्द पौडेलले जानकारी दिनुभयो । 

वडा नम्बर ८ का वडा अध्यक्षले पोकलीबाट बिरामीलाई काठमाण्डौ लैजान एम्बुलेन्स मगाएपछि चालक बिहानै एम्बुलेन्स लिएर पोकलीतर्फ गएकाले एम्बुलेन्समा बिरामी भने थिएनन् ।

साँघुरो र ग्रेड नमिलेको भीरको बाटो भएकाले दुर्घटना भएको स्थानीयको भनाइ छ ।

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया