हरेक हप्ता १० लाख सङ्क्रमित थपिँदै, अक्सिजन अभावलाई लिएर विश्व स्वास्थ्य सङ्गठनकाे चेतावनी

 असार ११, २०७७ बिहिबार १२:५१:१२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – विश्व स्वास्थ्य सङ्गठनले बुधबार विश्वभरमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक करोड नजिक पुग्न लागेको बताएको थियो । यही कारण विश्वमा अक्सिजन कन्सन्ट्रेटर (अक्सिजन दिने मेसिन) को अभावसँग जुधिरहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । 

सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले पत्रकार सम्मेलनमा भने, ‘कैयौँ देश अब अक्सिनज कन्स्नट्रेटर (मेसिन) को अभावसँग जुधिरहेका छन् । यो समय यो मेसिनको माग धेरै नै भएको छ ।’

उनले भने, ‘अहिलेसम्म विश्वमा ९५ लाख ३५ हजारभन्दा धेरै सङ्क्रमित भइसकेका छन् । चार लाख ८० हजारभन्दा धेरैको ज्यान गइसकेको छ । हरेक हप्ता १० लाखभन्दा धेरै सङ्क्रमित हुने गरेका छन् । यही कारण प्रतिदिन ८८ हजार ठूला अक्सिजन सिलिण्डर र ६ दशमलव २० लाख क्युबिक मिटर अक्सिजनको आवश्यकता देखिएको छ ।’

कोरोना सङ्क्रमणको दरमा अचानक वृद्धिको कारण अक्सिजन कन्स्नट्रेटरको कमी भएको हो, कोभिड–१९ सँग जुधिरहेका बिरामीका लागि अक्सिजन अति आवश्यक हुन्छ । 

डा. टेड्रोसले भने, ‘विश्व स्वास्थ्य सङ्गठनले अहिलेसम्म १४ हजार अक्सिजन कन्स्नट्रेटर खरिद गरेको छ र खरिद गरिएका ती अक्सिजन कन्स्नट्रेटरलाई आउँदो हप्ता एक सय २० देशमा पठाउने योजना छ । यसको साथै आउँदो ६ महिनामा ए दशमलव ७० कन्स्नट्रेटर, जसको मूल्य १० करोड डलर हुन्छ, त्यो मिल्ने सम्भावना छ ।’

विश्व स्वास्थ्य सङ्गठनको आपत्कालीन टिमका प्रमुख डाक्टर रियानले कैयौँ ल्याटिन अमेरिकी देशमा महामारी फैलिँदै गएको र त्यस क्षेत्रमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख नाघिसकेको बताए । 

केही देशमा कोरोना सङ्क्रमणको दरमा पछिल्लो हप्ता २५ देखि ५० प्रतिशत वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठनले बताएको छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया