भारत–चीन तनाव : बेलायती प्रधानमन्त्रीले भने– 'सीमा विवाद वार्ताकाे माध्यमबाट समाधान गर्नुपर्छ'

 असार ११, २०७७ बिहिबार १७:२:४५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बेलायती प्रधानमन्त्री बाेरिस जाेनसनले भारत र चीनले आपसी सीमा विवाद वार्ताकाे माध्यमबाट सुल्झाउन अपिल गरेका छन् । 

बाेरिस जाेनसनले पूर्वी लद्दाखमा उत्पन्न भएकाे अवस्थालाई 'निकै गम्भीर र चिन्ताजनक' भएकाे बताए । उनले बेलायतले अवस्थाप्रति नजर राखेकाे बताएका छन् । 

भारत–चीन सीमा विवादसँग जाेडिएकाे पछिल्लाे घटनाक्रमलाई लिएर बेलायती प्रधानमन्त्रीकाे याे पहिलाे आधिकारिक बयान हाे । 

बाेरिस जाेनसनले बुधबरा बेलायती संसद्काे तल्लाे सदन हाउस अफ् कमन्समा आफ्नाे साप्ताहिक प्रश्नाेत्तर कार्यक्रममा कन्जर्भेटिभ पार्टीका सांसद फ्लिक ड्रुम्माेडकाे प्रश्नकाे उत्तरमा उनले याे कुरा बताएका हुन् । 

फ्लिक ड्रुम्माेडले प्रधानमन्त्री बाेरिस जाेनसनलाई साेधेका थिए, 'भारत–चीन विवादमा एकातर्फ राष्ट्र मण्डलका एक सदस्य देश र विश्वकाे सबैभन्दा ठूलाे लाेकतन्त्र भएकाे देश छ र अर्काेतर्फ लाेकतन्त्रकाे हाम्राे अवधारणालाई चुनाैती दिने देश छ, यसले बेलायतमा के असर पर्छ ?'

प्रधानमन्त्री जाेनसनले भने, 'सीमासँग जाेडिएकाे मुद्दा आपसी वार्ताबाटै सुल्झाउन उत्साहति गर्नु नै राम्राे कुरा हाे ।'

गएकाे १५ जुनमा गलवान उपत्यकामा दुई देशका सैनिकबीच भएकाे हिंसात्मक झडपमा २० भारतीय सैनिककाे ज्यान गएकाे थियाे । अहिले दुई देशबीच उत्पन्न तनावलाई समाधान गर्ने प्रयास गरिरहेका छन् । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया