पछिल्लाे २४ घण्टामा ३१२ डिस्चार्ज, सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या दुई हजार ६५० पुग्याे

 असार ११, २०७७ बिहिबार १८:४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा कोरोनाबाट निको हुनेको सङ्ख्या दुई हजार ६ सय नाघेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा तीन सय १२ जना कोरोनाबाट निको भएर डिस्चार्ज भएसँगै कोरोना निको भएर डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ६ सय ५० पुगेको हो । 

आज डिस्चार्ज हुनेहरुमा जलेश्वर अस्पताल महोत्तरीबाट २१ पुरुष, दुल्लु अस्पताल दुल्लुबाट दुई महिला र पाँच पुरुष, गौरीशङ्कर कलेज रौतहटबाट तीन महिला र ७७ पुरुष, अल्पाइन नर्सिङ इन्स्टिच्युट सर्लाहीबाट ६९ पुरुष रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । 

त्यस्तै कोभिड-१९ युनिफाइड कमाण्ड अस्पताल बलम्बुबाट एक पुरुष, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट दुई पुरुष, आइसोलेशन सेन्टर खजुरा बाँकेबाट दुई महिला र चार पुरुष, बर्दियाबाट दुई महिला, आइसोलेशन सेन्टर बनकटुवा बाँकेबाट तीन पुरुष डिस्चार्ज भएका हुन् । 

आइसोलेशन सेन्टर राप्ती सोनारी बाँकेबाट एक महिला र १० पुरुष, आइसोलेशन सेन्टर पिपरी कोहलपुर बाँकेबाट ६ पुरुष, लायन्स डेन्टल आइसोलेशन सेन्टर बाँकेबाट ६ पुरुष, प्रादेशिक अस्पताल सुर्खेतमा दैलेखबाट एक पुरुष तथा सुर्खेतबाट तीन महिला र २९ पुरुष डिस्चार्ज भएका हुन् । 

प्रादेशिक अस्पताल जनकपुर धनुषाबाट चार पुरुष, साई कृष्ण आइसोलेशन सप्तरीबाट तीन महिला र १२ पुरुष, सपई आइसोलेशन सेन्टर धनुषाबाट तीन महिला र ४२ पुरुष, सिरहाबाट एक पुरुष डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।  

आजसम्म महिला दुई सय १६ र पुरुष दुई हजार चार सय ३४ गरी कुल दुई हजार ६ सय ५० जना डिस्चार्ज भएका छन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया