बिहार : चट्याङ लागेर ८३ जनाकाे ज्यान गयाे

 असार ११, २०७७ बिहिबार १९:३१:२६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै –  बिहारमा चट्याङ लागेर ८३ जनाकाे ज्यान गएकाे बीबीसीले जनाएकाे छ । 

भारतकाे आपत्कालीन प्रबन्धन विभागकाे अनुसार बिहीबार साँझ साढे ६ बजेकाे समयमा परेकाे चट्याङ लागेर ८३ जनाकाे ज्यान गएकाे हाे । चट्याङ लागेर कैयाैँ घाइते भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

उत्तर प्रदेशमा पनि चट्याङ लागेर कम्तीमा नाै जनाकाे ज्यान गएकाे छ । 

बिहारकाे २३ जिल्लामा चट्याङ पर्दा यति ठूलाे सङ्ख्यामा मानवीय क्षति भएकाे हाे । सबैभन्दा धेरै गाेपालगञ्जमा १३ जनाकाे ज्यान गएकाे छ भन् मधुबनी र नबादामा आठ–आठ जनाकाे ज्यान गएकाे छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया