आज राति देशका सबै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने, सतर्कता अपनाउन आग्रह

 असार ११, २०७७ बिहीबार २०:२४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – आज राति देशका सबै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा मनसुन सक्रिय रहेको र मनसुन न्यून चापीय रेखा नेपाल नजिक रहेकोले देशका धेरै ठाउँमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज राति प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश गण्डकी प्रदेश र प्रदेश ५ का केही ठाउँमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने भएकोले सजगता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले आउँदाे शनिबारसम्म नै देशभर बादल लागेर धेरै ठाउँमा सामान्यदेखि मध्यम र केही ठाउँमा भारी वर्षा हुने भएकोले बाढी, पहिरो, डुबान, चट्याङलगायतका प्रकोपबाट बच्न सावधानी अपनाउन आग्रह गरेको छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया