काभ्रेमा हतियारधारी समूहसँगको झडपमा ५ जना घाइते

 असार १२, २०७७ शुक्रबार ९:०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काभ्रेपलाञ्चाेक – काभ्रेको रोशी गाउँपालिकामा हतियारधारी समूहसँगको झडपमा ५ जना घाइते भएका छन् ।

बोधिचित्त लुटपाट गर्न गएका समूहसँग झडप हुँदा ५ जना स्थानीयबासिन्दा सामान्य घाइते भएका काभ्रे प्रहरीले जनाएको छ । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । गएराति हतियारधारी समूह बोधिचित्त लुटपाट गर्न गएको सूचना आएपछि प्रहरी गाउँमा पुग्दा हतियारधारी समूह भागिसकेको प्रहरीको भनाइ छ ।

त्यस क्रममा प्रहरीले गोली पनि चलाएको थियो । हतियारधारी समूहले बाटोमा बम जस्तो वस्तु राखेको र त्यो अहिले हटाइसकिएको पनि प्रहरीले जनाएको छ । मध्यराति भएका घटनामा संलग्न केहीको पहिचान भइसकेको र उनीहरुको खोजी भैरहेको काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया