भारतमा पछिल्लाे २४ घण्टामा १७ हजार २९६ सङ्क्रमित थपिए

 असार १२, २०७७ शुक्रबार १३:१४:२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – पछिल्लाे केही हप्तायता भारतमा काेराेना भाइरसबाट सङ्क्रमित हुनेकाे दर लगातार बढिरहेकाे छ । 

बिहीबार एकैदिन १७ हजार दुई सय ९६ जनामा सङ्क्रमित थपिएकाे भारतकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । बिहीबार सङ्क्रमण पुष्टि भएकासँगै भारतमा सङ्क्रमितकाे कुल सङ्ख्या चार लाख ९० हजार चार सय एक पुगेकाे छ । 

सङ्क्रमितमध्ये दुई लाख ८५ हजार ६ सय ३७ जना उपचारपछि निकाे भएर घर फर्किएका छन् । त्यस्तै एक लाख ८९ हजार चार सय ६३ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

त्यस्तै बिहीबार काेराेना सङ्क्रमणकाे कारण चार सय सात जनाकाे मृत्यु भएकाे भारतीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । याेसँगै भारतमा सङ्क्रमणकाे कारण अहिलेसम्म १५ हजार तीन सय एक जनाकाे ज्यान गएकाे छ ।

भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) काे तर्फबाट जारी गरिएकाे तथ्याङ्क अनुसार अहिलेसम्म देशभरि ७७ लाख ७६ हजार जनाकाे नमुना परीक्षण गरिएकाे छ । पछिल्लाे २४ घण्टामा दुई लाख १५ हजार चार सय ४६ जनाकाे नमुना सङ्कलन गरिएकाे आईसीएमआरले जनाएकाे छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया