महिला विश्व कप फुटबल २०२३ : अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गर्ने

 असार १२, २०७७ शुक्रबार १३:५५:५३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अस्ट्रेलिया र न्युजिल्याण्डले सन् २०२३ मा हुने महिला फुटबल विश्व कपको आयोजना गर्ने भएका छन् । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले यसबारेमा जानकारी दिएको हो । 

जापान हटेपछि अस्ट्रेलिया र न्युजिल्याण्ड संयुक्ता आयोजकको रुपमा सबैभन्दा अघि पुगेका थिए र संयुक्त दाबेदारीको बाटो पनि पक्का भएको हो । यो दाबेदारीले यस महिनाको सुरुवातमा फिफाबाट सर्वश्रेष्ठ आँकलन अङ्कलन पाएको थियो । 

अस्ट्रेलिया र न्युजिल्याण्डको दाबेदारीले सम्भावित ५ मा ४ दशमलव १ अङ्क पाएको थियो भने जापानले ३ दशमलव ९ अङ्क पाएको थियो । कोलम्बियाले २ दशमलव ८ अङ्क पाएको थियो । 

यो प्रतियोगिता सन् २०२३ जुलाई १० देखि अगस्ट २० तारिखसम्म आयोजना हुने तय भएको छ ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया