बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ – महिला तथा सामाजिक समितिले क्वरेण्टीनहरुलाई सुरक्षित र व्यवस्थित बनाउन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।
शुक्रबार महिला तथा सामाजिक समिति बैठकले क्वरेण्टीनहरुमा महिला हिंसाका घटनाहरु बढिरहेकोले व्यवस्थित र मर्यादित बसाइको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएको हो । कोरोना रोकथाम तथा नियन्त्रणको लागि निर्माण भएका क्वरेण्टीन पूर्णरुपमा महिलामैत्री नभएको कारण यौनजन्य हिंसाका घटना बढेकोले मर्यादित र सुरक्षित क्वरेण्टीनको व्यवस्थापन गर्न मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले बताउनुभयो ।
सांसदहरुले क्वरेण्टीन व्यवस्थित नभएको र गर्भवती महिलाहरुको पीसीआर परीक्षण समयमै नहुँदा समस्या भएको बताएका छन् । सांसद अमृता थापाले सुत्केरी महिलाको पीसीआर रिपोर्ट ढिला आउँदा अप्रेशनमा समस्या हुने गरेको बताउनुभयो । उहाँले पीसीआर परीक्षणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । महिलाहरु रहेको क्वरेटीनको सुरक्षाको लागि महिला प्रहरीको आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले महिला प्रहरीको अभाव देखिए म्यादी महिला प्रहरी भर्नाको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।
सांसद हिरा गुरुङले क्वरेण्टीनमा महिलामाथि हिंसाको घटना बढिरहेको अवस्थामा मन्त्रालयले के गरिरहेको छ भन्दै प्रश्न गर्नुभयो । क्वरेण्टीनमा सुत्केरी महिलाले दुःख पाइरहेको उल्लेख गर्दै उहाँले मन्त्रालयको तर्फबाट के–कस्तो सहयोग भइरहेको छ भन्नुभयो ।
सांसद महेन्द्रकुमारी लिम्बुले महिलामाथि हुने हिंसाका घटनामा बोल्न नसक्ने मन्त्री र समिति सभापतिले राजीनामा दिनुपर्ने पर्ने बताउनुभयो ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ्समेत सहभागी कार्यक्रममा अर्का सांसद गंगा चौधरीले क्वरेण्टीनमै महिलामाथि हिंसाका घटना बढिरहेको भए पनि मन्त्रालय र समितिले तदारुकता नदेखाएको बताउनुभयो । लकडाउनको समयमा सांसदहरुलाई आफ्नो गाउँ जान कुनै समस्या नभए पनि महिला हिंसा बढिरहेको क्षेत्रमा गएर अध्ययन गर्न के ले रोक्यो भन्दै उहाँले प्रश्न गर्नुभयो ।
उहाँले महँगा कार्पेट किन्नुभन्दा सीप भएका महिलाहरुलाई प्रोत्साहन गरी स्थानीयस्तरमा उत्पादन हुने गुन्द्री प्रयोग गर्न आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।