बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – नेपालमा शुक्रबार पाँच सय ९३ जनामा काेराेना सङ्क्रमण देखिएकाे छ । आज एक सय सात महिला र चार सय ८६ पुरुष गरी पाँच सय ९३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
कोशी अस्पताल विराटनगर प्रयोगशालामा मोरङका दुई, झापाका एक र सुनसरीका १० जनामा सङ्क्रमण भेटिएको हो । त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका तीन, प्रादेशिक जनस्वास्थ्य अस्पताल जनकपुरमा धनुषाका १२, महोत्तरीका चार र सिरहका ६ जनामा सङ्क्रमण पाइएको हो ।
नारायणी अस्पताल वीरगञ्जमा धनुषाका तीन जनामा सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका एक, बैतडीका २५, बझाङका नाै, बाजुराका २७, बाराका दुई, दार्चुलाका तीन, डोटीका ४६, गोरखाका पाँच, कैलालीका ३०, कञ्चनपुरका ४२, कपिलवस्तुका नाै, रौतहटका ४६ र सल्यानका एक जनामा काेराेना सङ्क्रमण भेटिएको छ ।
त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशालामा गोरखाका एक, नवलपरासी पूर्वका दुई, नुवाकोटका एक र काठमाण्डौका तीन जनामा सङ्क्रमण पाइएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार भरतपुर अस्पताल प्रयोगशालामा चितवनका १२, कैलालीका एक र नवलपरासी पूर्वका २१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यसैगरी किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गुल्मीका १२, कपिलवस्तुका आठ, रौतहटका पाँच र सिन्धुलीका तीन जनामा काेराेना सङ्क्रमण पाइएकाे छ । काठमाण्डौको वीर अस्पतलामा गरिएको परीक्षणमा रौतहटका पाँच र सिन्धुलीका तीन जनामा सङ्क्रमण भेटिएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परिक्षणमा कास्कीका एक, लमजुङका ६ जनामा तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका एक, तनहुँका दुई र स्याङ्जाका एक जनामा सङ्क्रमण भेटिएको हो ।
त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका तीन, गुल्मीका १३, कपिलवस्तुका चार, पाल्पाका ७६, नवलपरासीका एक र रुपन्देहीका ६ जनामा सङ्क्रमण पाइएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ७५ र प्युठानका २० जना तथा सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका पाँच, जाजरकोटका दुई, मुगुका एक, सल्यानका तीन र सुर्खेतका १२ जनामा सङ्क्रमण भेटिएको हो ।
त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा जुम्लाका तीन जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता गाैतमले जानकारी दिनुभयाे । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार सात सय ५५ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।