काेराेना सङ्कटकाे सामना गरिरहेका फिफा सदस्य देशका लागि १.५ बिलियन डलरकाे राहत काेष

 असार १२, २०७७ शुक्रबार २०:३८:२० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – फिफाले कोरोनाको कारण आर्थिक सङ्कटको सामना गरिरहेका सदस्यहरुका लागि १ दशमलव ५ बिलियन डलरको राहत कोषलाई मञ्जुरी दिएको छ ।

विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले सबै दुई सय ११ देशको लागि राहत कोषलाई मञ्जुरी दिएको हो । सबै देशलाई राहत स्वरुप एक–एक मिलियन डलर दिइने फिफाले जनाएको छ । 
राहतको पहिलो हिस्सा यही वर्षको जुलाईमा दिइनेछ भने बाँकी हिस्सा २०२१ को जनवरीमा बाँडिनेछ । 

कोरोनापछि महिला फुटबलको फिर्तीका लागि कुनै समस्या नहोस् भनेर फिफाले पाँच लाख डलर दिने बताएको छ । यसका साथै ६ अलग–अलग कन्टिनेन्टल बडीलाई पनि दुई दुई मिलियन डलर दिइने बताइएको छ । 
 
 
 
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया