नगरपालिकाको अनुदानमा किसानहरुलाई कागती र सुन्तला वितरण

 असार १३, २०७७ शनिबार १०:२०:२३ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – धनकुटाको पाख्रीवास नगरपालिकाले ७५ प्रतिशत अनुदानमा किसानलाई कागती र सुन्तलाको बिरुवा वितरण गरेको छ ।

पाख्रीवासका किसानहरुलाई फलफुल खेतीमा व्यवसायिक बनाउन ९३ जना किसानलाई ३ हजार बिरुवा वितरण गरिएको पाख्रीवास नगरपालिका कृषि शाखाकी प्रमुख ईन्द्रमाया तामाङले बताउनुभयो ।

नगर प्रमुख बृषबहादुर राईका अनुसार सबै वडाको दुईसय रोपनी क्षेत्रफलमा पुग्ने गरी किसानलाई कागती र सुन्तलाको बिरुवा वितरण गरिएको हो । किसानलाई फलफुल खेतीमा व्यवसायिक बनाउने भन्ने चालू आर्थिक वर्षको वर्षे कार्यक्रम अन्तर्गत बिरुवा वितरण गरिएको कृषि शाखाले जनाएको छ ।

कृषि र पर्यटनको प्रशस्त सम्भावना रहेको पाख्रीवास नगरपालिकाका १० वटै वडामा फलफुल खेती गर्न सकिन्छ । 

यस नगरपालिकाले पछिल्लो समय कृषि र पर्यटनको प्रवर्द्धन प्राथमिकता दिँदै आएको छ । कृषिबाट नगरवासीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ चालू आर्थिक वर्षदेखि नै पाख्रीवास नगरपालिकामा व्यावसायिक कफी खेती पनि सुरु गरिएको छ ।

कृषिसँगै पर्यटनको पनि प्रशस्त सम्भावना बोकेको पाख्रीवास नगरपालिकाको समृद्धिको लागि भर्खरै सम्पन्न भएको नगरसभाले पनि कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको नगर प्रमुख राईले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया