स्याङ्जामा एकैपटक ३४ जना कोरोना जितेर घर फर्किए

 असार १३, २०७७ शनिबार ११:५७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

स्याङ्जा – स्याङ्जामा आज एकैपटक ३४ जना सङ्क्रमित कोरोना जितेर घर फर्किएका छन् ।

कालिका सामुदायिक अस्पताल हेलुमा रहेका ३४ जना सङ्क्रमितको दोस्रो परीक्षण नेगेटिभ आएपछि उनीहरुलाई आज घर पठाइएको हो । 

अस्पतालमा रहेका ४१ जना सङ्क्रमितको दोस्रो परीक्षणका लागि स्वाब संकलन गरी पठाईएकोमा ७ जनाको भने दोस्रो परीक्षण पनि पोजेटिभ नै आएको छ । आज घर फर्कनेहरुमा गल्याङ नगरपालिकाका १६ जना, वालिङका १० जना, आँधीखोला गाउँपालिकाका ४ जना, अर्जुनचौपारी गाउँपालिकाका ३ जना र भीरकोट नगरपालिकाका १ जना रहेका छन् । 

योसँगै जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेको संख्या ५६ पुगेको छ । 

जिल्लाका १ सय ५९ सङ्क्रमितमध्ये २ जनाको निधन भईसकेको छ ।

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया