कार दुर्घटनामा पत्रकारको ज्यान गयो

 असार १४, २०७७ आइतबार ८:३०:३४ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - रुपन्देहीमा गएराति भएको कार दुर्घटनामा एकजना पत्रकारको ज्यान गएको छ ।

न्युज २४ टेलिभिजनका रुपन्देही संवाददाता ३० वर्षीय कृष्णबाबु पाण्डेको बा ७ च ६९५९ नम्बरको कार दुर्घटना हुँदा ज्यान गएको हो ।

बुटवलबाट कारमा आफ्नो घर ड्राइभर टोल जाने क्रममा बुटवल भैरहवा सडकखण्डको ड्राइभर टोलमा दुर्घटना भएको थियो । कार सडक छेउमा रहेको फलामे बारमा ठोक्किएको थियो । पत्रकार पाण्डेको स्थायी घर स्याङ्जाको बिर्घा हो ।


 

अन्तिम अपडेट: चैत २७, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया