खोटाङमा पनि देखियाे सलह

 असार १४, २०७७ आइतबार १४:७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

खोटाङ – खोटाङका विभिन्न ठाउँमा सलह किरा देखिएको छ । हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न ठाउँमा सलह देखिएकाे हाे । 

वर्षा भइरहेको समयमा हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थानको माल्खुमा रहेकाे एउटा घरको भित्तामा आएर बसिरहेको अवस्थामा सलह किरा देखिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । 

यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलको बैंक चोकका एक पसल, सरस्वती माविकाे भित्तामा पनि केही सलह किरा फेला परेको छ । बैंक चोकमा भेटिएको सलह किरा स्थानीयले पहिचानकाे लागि लिएर आएको नगरपालिकाका कृषि शाखाका कृषि प्रसार अधिकृत धर्मेन्द्र कलौनीले बताउनुभयो ।

झुण्डमा देखिनुपर्ने सलह एक/दुई वटा मात्र देखिएको विषयमा अध्ययन भइरहेको नगरपालिकाको कृषि शाखाले जनाएको छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया